सिद्धार्थ बैंकको शाखा अब कालोपुल, नरदेवी र दुधौलीमा

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको कालोपुल, नरदेवी र सिन्धुलीको दुधौलीमा एकैसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले २०७६ भाद्र २३ गते सोमबार एकैसाथ विभिन्न स्थानमा सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखाहरु सञ्चालनमा ल्याएको हो ।

सिद्धार्थ बैंकले बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथै अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?