वीपी प्रतिष्ठानको उपकुलपति नियुक्तिमा देखिएको जटिलता समाधन गरिनेछः स्वास्थ्य मन्त्री यादव

सुनसरी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा केही कानूनी जटिलता रहेकाले अदालतसँग राय माग्ने तयारी भइरहेको बताउनुभएको छ । वीपी कोइरालाको १०५ औँ जन्मजयन्ती तथा प्रतिष्ठानको २६ औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले अख्तियारको कारबाही पछि प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार निलम्बनमा परेको तर बर्खास्ती नभएकाले प्रतिष्ठान सञ्चालन गर्न नयाँ उपकुलपति नियुक्तिमा कानूनी जटिलता रहेकाले दालतसँग राय माग्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

अर्को प्रसंगमा उहाँले हाल प्रतिष्ठानमा रहेको बिग्रेका महंगा मेडिकल उपकरणलाई तत्काल मर्मत सम्भार गरिने बताउनुभयो ।

प्रतिष्ठानमा हाल मुटु रोगको उपचार गर्ने ८ करोड रुपैयाँको कार्डियाक क्याथल्याब, ३ करोड २४ लाख रुपैयाँको अक्सिजन प्लान्ट, डेन्टलको सेफालो ग्राम एक्सरे बिग्रेका छन् । त्यस्तै ८५ प्रतिशत डेन्टल चियर, सिटी स्क्यान पनि बिग्रेर कामै नलाग्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?