‘लाईक’ भन्दा दोब्बर ‘डिसलाईक’ पाएको भद्रगोल २२० औँ भाग, दिपकराज गिरीले लेखे मन छुने स्टाटस !

appharu
0
Shares
तस्विर: गुगल

काठमाडौं – चर्चित टेलिफिल्म भद्रगोलको पछिल्लो श्रृंखलामा लाईकभन्दा दोब्बरजस्तै डिसलाईक आइरहेको छ । टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आएको छ । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको देखिएको छैन । दर्शकले मन पराएका कलाकार बिना आएको सो नयाँ सिरीज करिब करिब बहिस्कार गरेको बुझ्न सकिन्छ ।

यसैबिच निर्माता तथा कलाकार दिपकराज गिरीले सामाजिक सञ्जालमार्फत् आफ्नो विचार राख्दै लोकप्रियताको शिखरमा रहेको “भद्रगोल “कार्यक्रमको निर्माण टिम र ब्यबस्थापन बिचको मनमुटाबको खबरले यस सिरियलको फ्यानहरूमा ठूलो अन्याय भएको महसूस गरेको बताउनुभएको छ । आफू हाँस्य ब्यग्य क्षेत्रकै कलाकार भएको नाताले पछिल्लो समयमा बिकसित घटनाक्रम हेर्दा एकदमै असहज महसूस भएको उहाँको धारणा छ ।

भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो ।

केहि समय पछि प्रसारणमा आएको शृखंलाले दर्शकको ताली भन्दा पनी गाली बढी खेपिरहेको छ । प्रसारित २२० अंक अहिले युट्युवको ट्रेण्डिङमा छ तर दर्शकले भिडियो लाई लाईक भन्दा बढी डिसलाईक गरेका छन् ।
बहुचर्चित हास्य टेलिश्रृखला कहिले आउँछ भनेर कुरेका दर्शक यो सिरीज आएपछि भने आलोचनामा उत्रिएका छन् । आलोचना मात्र हैन लाईक भन्दा बढि डिसलाईक आउदा दर्शकले बहिस्कार नै गरे भन्दा फरक पर्दैन । यो समाचार तयार पार्दासम्म सार्बजनिक २२० भागलाई लाईक गर्नेको संख्या १८ हजार छ भने डिसलाईक गर्नेको संख्या ३५ हजार पुगेको छ । डिसलाईकको संख्या बढिरहेको छ । त्यस्तै १३ हजार बढि कमेन्टमा सबैले सो भागको बिरोध गर्दै पुराना कलाकार नै चाहियो भन्दै मिडिया हबलाई भनिरहेका छन् ।
आफ्नो स्टाटसमा उहाँले लेख्नुभएको छ ।

“भद्रगोल “सिरियलको बिषयमा ”’
लोकप्रियताको शिखरमा रहेको “भद्रगोल “कार्यक्रमको निर्माण टिम र ब्यबस्थापन बिचको मनमुटाबको खबरले यस सिरियलको फ्यानहरूमा ठूलो अन्याय भएको महसूस गरेको छू…आफू हास्य ब्यग्य क्षेत्रकै कलाकार भएको नाताले पछिल्लो समयमा बिकसित घटनाक्रम हेर्दा एकदमै असहज महसूस भएको छ ।।। दूबै पक्ष बिच सहमति कायम होस् र भद्रगोल पूरानै अबस्थामा प्रसारण होस भन्ने आग्रह पनि गर्न चाहन्छू
भद्रगोलका लोकप्रिय पात्रहरू लाइ दर्शले हेर्न चाहेका हुन् … अत दूबै पक्षलाइ अन्याय नहोस समझदारीमा पुनस्यो लोकप्रिय कार्यक्रम प्रसारण होस् भन्ने कामना पनि गर्न चाहन्छू …
फ़ुटेर होइन जुटेर अघि बढौ ।

यसअघि लोकपथ डटकममा प्रकाशित यी सम्बन्धित समाचार पढ्नुभएको थियो ?

अबदेखि ‘भद्रगोल’ मा पाँडे र जिग्री नहुने, को बन्दै छ ‘डन’ ?


भद्रगोल बन्द हुनुको भित्री कुरा, अब के हुन्छ ?


भद्रगोलकी मुन्नी बनिन् डाँडाघरे काँईली (भिडियो सहित)


भद्रगोल रोकिनुको चुरो कुरो


राहत वितरण भद्रगोल, सक्कलीको नाममा नक्कलीको रजाइँ


को बन्छ करोडपतिको सेटमा भद्रगोल टिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?