बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन अब स्नातक गरेको हुनुपर्ने

काठमाडौं । बैंक तथा वित्तिय संस्था सञ्चालक सम्बन्धमा सरकारले नयाँ नीति ल्याएको छ । वर्तमान बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा योग्यता भन्दा अनुभवलाई बढि मान्यता दिइएको छ । तर अब सरकारले सञ्चालकको लागी शैक्षिक योग्यता हेर्ने साथै सेवा अवधीका सम्बन्धमा नयाँ नियम ल्याएको छ ।

अबबाट जो पायो त्यहि सञ्चालक समितिमा जान नपाउने भएको छ । सञ्चालक समितिमा जानको लागि कम्तिमा स्नातक गर्नुपर्ने प्रावधान ल्याइएको छ । साथै सञ्चालकको उमेर हदम्याद ६५ बर्ष तोकिएको छ । सरकारले स्वीकृत गरेको बाफिया (पहिलो संशोधन) ऐन २०७६ मा सञ्चालकको कार्यकाल पनि तोकिएको छ ।

यो भन्दा अघिल्लो पटक बाफिया संशोधन हुँदा पनि कार्यकालको व्यवस्था गरिएको थियो। तर अन्तिम समयमा आएर सञ्चालकको कार्यकाल हटाइएको थियो । यसपालि भने निरन्तर दुई कार्यकालभन्दा बढि सञ्चालक हुन नपाइने भएको छ । दुई कार्यकाल पुरा गरेपछि एक कार्यकाल खाली बस्नु पर्ने छ । त्यसपछि फेरि दुई कार्यकाल मात्र खान पाइने छ ।

विधेयक मस्यौधामा उल्लेख गरिए अनुसार, सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढिमा चार बर्षको हुने छ र निज पुनः एक कार्यकालको लागि नियुक्ति वा मनोनित भइ लगातार दुई कार्यकालसम्म मात्र कायम रहन सक्नेछ । तर लगातार दुई कार्यकाल पुरा गरेको सञ्चालक चार बर्षपछि पुनस् सोही संस्थाको सञ्चालकमा मनोनित वा निर्वाचित हुन बाधा पर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?