चितवनमा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाडौं । चितवनमा बलेरो जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । कालिका नगरपालिका-९ शक्तीखोर बजारस्थित सडकमा ना.४ च २५५८ नम्बरको बलेरो जिपको ठक्करबाट सोही ठाउँ बस्ने ४ वर्षीय हमिद मियाँको आइतबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?