चिनियाँ विदेशमन्त्री यी र परराट्रमन्त्री ज्ञवालीबीच भेटवार्ता हुँदै, यस्ता रहनेछन् एजेण्डा

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता हुने भएको छ । नेपालको तीनदिने भ्रमणमा रहुनभएका यीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्नुअघि नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको उच्चस्तरीय टोलीसँग द्विपक्षीय एजेण्डमा छलफल गर्न लाग्नुभएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल आउनुभएका चिनियाँ विदेशमन्त्रीको चासो नेपालले स्वभाविक रुपमा बीआरआईमा गरेको प्रतिबद्धता अनुरूपको कार्य प्रगतिमै केन्द्रित रहने छ । बीआईमा नेपालको तर्फबाट हुनुपर्ने प्रगति नभएकोप्रति चीनले चासो राखेको छ ।
आज अपराह्न होटल याक एण्ड यतीमा दुवै देशका परराष्ट्रमन्त्री नेतृत्वको टोलीबीच यसअघि नेपाल र चिनबीच भएका सम्झौता र थाति सबै एजेण्डाहरूमाथि छलफल हुने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए । वार्तापछि केही समझदारीमा हस्ताक्षर समेत हुनेछ ।

रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनको सहयोग खोजिरहेको नेपालको चासो भने काठमाडौं–केरुङ रेलमार्गमा छ । चीन सरकारको सहयोगमा काठमाडौं–केरुङ रेलगर्माको पूर्व सम्भाव्यता (प्रि–फिजिबिलिटी) अध्ययन भइसकेको छ । चिनियाँ राष्ट्रपति स्वयंले यसअघि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला रेलमार्गबारे सकारात्मक धारणा व्यक्त गरिसकेकाले यो वार्ताका क्रममा ती कुरामाथि समीक्षा हुने परराष्ट्र स्रोतले जनाएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग को भेटमा भने रेलमार्गको विषयमा कुरा उठ्ने प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए । विशेषतः काठमाडौं–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि नेपालले चीनको सहयोग पहिलो चरणमा खोजेको छ ।

राष्ट्रपति सीको भ्रमणपूर्व नै यी काममा प्रगति भएको चीनले हेर्न चाहेकोले बीआरआई र यसअघि नेपाल–चीनबीच भएका पारवहन सम्झौतामा नेपालको तर्फबाट भइरहेका कामप्रति चासो समेत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?