चिनियाँ विदेशमन्त्रीको आजको सेड्युल : को कोसँग हुँदैछ भेटवार्ता ?

appharu
0
Shares

काठमाडौं- तीन दिने नेपाल भ्रमणका लागि आइतवार साँझ नेपाल आउनुभएका चीनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ । आज साँझ ५ बजेदेखि ५ : ४५ बजेसम्म विदेशमन्त्रि वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साँझ ६ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछ ।

दिउँसो ३ : ३० बजे होटल याक एण्ड यतीमा नेपाल चीन बार्ता हुनेछ । वार्तामा केहि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी यी को सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


यस्तो छ भोलीको कार्यक्रम
मंगलबार ९ ०० बजे वाङको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ ।
मंगलबार नै विदेशमन्त्री वाङको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउबालाई बिहान ११ बजे निवासमा भेट्ने कार्यक्रम छ ।

यस बाहेक विदेशमन्त्री वाङले केही राजनीतिक विश्लेषक र उद्योगी व्यबसायीसँग होटल सोल्टीमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउनुभएको हो । उहाँको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ ।

विदेशमन्त्री वाङको टोली मंगलबार १ बजे चीन फर्कने परराष्ट मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?