२३ भाद्र २०७६, सोमबार ०९:३८

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन


प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार ०९:३८

जुम्ला । तिलागुफा नगरपालिकाका–७ टाकुल्ला कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन भएको छ । शुक्रबार राति आएको बाढीले शनिबारदेखि कालीकोट खण्डको उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

आइतबार सडक डिभिजन कार्यालय जुम्ला र कालीकोटबाट आएको जेसिबीले दिनभरि बाटो निर्माण गरेपछि बेलुका ६ बजे सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध भएपछि शनिबारदेखि अलपत्र परेका यात्रुले खान, बस्न र खानेपानी पाउन निकै गाह्रो भएको यात्रु रमाकान्त न्यौपानेले राससलाई बताउनुभयो । सडक सञ्चालन भएपछि आइतबार बेलुका यात्रु आ–आफ्नो गन्तव्यस्थलतिर लागेका थिए ।

शुक्रबार रातिको सो बाढीले टाकुल्लाको विद्युत्गृह, धानबालीमा समेत क्षति पु¥याएको स्थानीय लालकौरा शाहीले दुखेसो पोख्नुभयो । निर्माणाधीन टाकुल्लाको पुलमा पनि क्षति पुगेको छ भने त्यहाँस्थित घर पनि उच्च जोखिममा रहेको छ । उक्त राजमार्ग ३६ घण्टा अवरुद्ध भएको थियो । रासस तस्वीर गुगल

प्रतिक्रिया दिनुहोस
पर्वतमा तीन वर्षदेखि कोल्डस्टोर अलपत्र

काठमाडौं । पर्वतमा किसानको उत्पादन बाह्रै महिना सङ्कलन गरी बजार पठाउने उद्देश्यका साथ

बाँके र बर्दियामा मानवाधिकारसम्बन्धी परियोजना शुरु

काठमाडौं । बाँकेको डुडुवा र बर्दियाको बढैया ताल गाउँपालिकामा ‘पारस्परिक जवाफदेहिता : मानवाधिकार

विमानस्थलमा सुरक्षा व्यवस्था

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा स्थायी सुरक्षाको व्यवस्था गरिएको छ

सङ्घको भरमा कर्णाली विकास हुँदैन : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घ भरमा परेर कर्णालीको विकास नहुने