बिहिबारदेखि ‘राष्ट्रिय चलचित्र कन्फ्रेन्स’

appharu
0
Shares

काठमाडौं । चलचित्र विकास बोर्ड र मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा तीन दिने नेपाली चलचित्रको प्राज्ञिक कन्फ्रेन्स हुने भएको छ।

भदौं २६ बिहिबारदेखि २८ गते शनिबारसम्म कन्फ्रेन्स नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।

चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्रमाथि छलफल तथा चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा ‘प्यानल’ छलफल लगायतका कार्यक्रम तीन दिने कन्फ्रेन्समा समेटिने आयोजकले जनाएको छ।

वरिष्ठ चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुति, तथा डा. हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महत्वका विषयमा ‘किनोट स्पीच’ पनि समेटिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?