१४ स्थानीय तह खुला दिसामुक्त


प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार ०८:११

महोत्तरी । महोत्तरी जिल्लाका १४ स्थानीयतह खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएका छन् । पछिल्लोपटक जिल्लाको लोहारपट्टी नगरपालिका आइतबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएपछि यो सङ्ख्या १४ पुगेको हो ।

अब जिल्लामा जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरपालिका मात्र खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा हुन् बाँकी छ । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र पूर्ण खोप जिल्ला समन्वय समितिले भदौ महीनाभित्रै जिल्ला नै खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा गरिसकिने जनाउँदै आएका छन् ।

भदौ महीनाभित्रमा नै औरही र मटिहानी नगरपालिका एवं महोत्तरी र एकडारा गाउँपालिका यसअघि खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएका हुन् । त्यसअघि साउन मसान्तका दिन भङ्गाहा नगरपालिका खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएको थियो ।

जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले आइतबार जिल्लाकै पवित्र धार्मिकस्थल गेरुकाधाममा लोहारपट्टी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा अब असोज सङ्क्रान्तिका दिन जिल्लाका कुनै स्थानीयतह खुला दिसा गर्ने र खोप छुटेका हुने छैनन् भन्नुभयो ।

जिल्लाका एकलाख ११ हजार ३४ परिवारमध्ये अब जलेश्वर नगरपालिका भित्रका करीब ४०० घरमा शौचालय बन्न बाँकी रहेको समितिले जनाएको छ ।जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये सदरमुकाम रहेको नगर नै खुला दिसामुक्त र पूर्ण खोपयुक्त बन्न नसक्नु जिल्लाको लागि गौरवको विषय नभएको यहाँका वुद्धिजीवीले टिप्पणी गरेका छन् ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये सदरमुकाम रहेको नगर नै खुला दिसामुक्त र पूर्ण खोपयुक्त बन्न नसक्नु जिल्लाको लागि गौरवको विषय नभएको यहाँका वुद्धिजीवीले टिप्पणी गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा हुन्छ : मुख्मन्त्री पौडेल

हेटाैँडा । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका

कपडामा झुण्डिने र माग्नेले पर्यटक आजित

कास्की । आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा

सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी

कञ्चनपुर । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस

जानकी मन्दिरको सूचीकरणका लागि सीमाङ्कनको थालनी

जनकपुर । विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउने सन्दर्भमा आगामी