विपिन र लक्ष्मीको मुख्य भूमिकामा ‘सेल्फी किङ’

appharu
0
Shares

काठमाण्डौं । अभिनेता विपिन कार्की र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहनेगरी चलचित्र ‘सेल्फी किङ’को औपचारिक निर्माण घोषणा गरिएको छ।

दिनेश राउत र सुवास थापाले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रको आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माण घोषणा गरिएको हो।

एक हाँस्य कलाकारको जीवन यात्रा र सफलताको कथा बोल्ने चलचित्रलाई नव–निर्देशक विशाला सापकोटाले निर्देशन गर्नुहुनेछ ।

चलचित्रमा अभिनेत्री केकी अधिकारीलाई आइटम गीतमा देखिने भएको छ । भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?