सिभिल बैंकले ल्यायोे ‘किस्ताबन्दी बचत योजना’ यस्ता छन् विशेषता

appharu
0
Shares
????????????????????????????????????

काठमाडौं । सिभिल बैंकले नयाँ निक्षेप योजना ल्याएको छ । बचत खाता र मुद्दती खाताको विशेषतालाई एउटै खातामा समेट्दै बैंकले ‘किस्ताबन्दी बचत योजना’ सार्वजनिक गरेको हो ।

उक्त बचत योजना अनुसार कुनै बचतकर्ताले भविष्यको कुनै कालखण्डमा आवश्यक पर्ने रकमको जोहो अहिलेदेखि नै किस्ताबन्दीमा गर्न सक्नेछन् भने सो अवधि पूरा भएपछि एकमुष्ट रुपमा सो रकम प्राप्त गर्नेछन् ।

यो योजना १ वर्षदेखि ७ वर्षसम्मको लागि ल्याइएको छ तर ग्राहकको इच्छा र आवश्यकताअनुसार त्यसभन्दा बढी समयावधिको लागि पनि त्यस्तो बचत योजना सञ्चालन गर्न सकिने सिभिल बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको सो बचत योजनाले समयावधि र प्रतिमहिना बचत गर्ने किस्ताबन्दीको रकमअनुसार समयावधिपछि भुक्तानी हुने रकम निर्धारण गरिएको छ । जस्ताे कि प्रतिमहिना ७९६७ रुपैंया बचत गरेमा बचतकर्ताले १ बर्षपछि एकमुष्ट रुपमा रु १ लाख रुपैंया प्राप्त गर्न सक्नेछन् ।
यस्तो योजनाअनुसार बचतकर्ताले आफ्नो क्षमताअनुसार रु १००० रुपैंयादेखि अधिकतम जतिपनि रकम राख्न सकिने बैंकका प्रदेश ३ का प्रमुख भोलाबहादुर विष्टले जानकारी दिए ।
यो योजना देशभरका बैंकको शाखाबाट प्राप्त गर्न सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?