शेयर बजार: नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६१ बिन्दुले घटेर एक हजार १७८ दशमलव ४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ७७ बिन्दुले घटेर २५७ दशमलव १३ बिन्दुमा पुगेको छ ।

नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहेको छ । आज कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो ।

स्टकका अनुसार कारोवार भएक कूल ११ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ १० दशमलव ९६, होटल ९ दशमलव २२, विकास बैंक १५ दशमलव ८२, जलविद्युत् १२ दशमलव ९२, वित्त ० दशमलव २९, निर्जीवन बीमा १०२ दशमलव २९, उत्पादन १२ दशमलव ५९, अन्य ७ दशमलव १५, लघुवित्त ७ दशमलव ५, जीवन बीमा ८५ दशमलव ४४ र सामूहिक लगानी कोष ० दशमलव ०४ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा पुगेको छ । सो बैंकको संस्थापक शेयर रु पाँच करोड २४ लाख ८० हजार बराबरको कारोवार भयो । यस्तै एनआइसी एशिया बैंक एक करोड ६१ लाख ८८ हजार, प्रभु बैंक एक करोड २९ लाख ४७ हजार ८५९, नेपाल लाइफ इन्सुरेन्स एक करोड १३ लाख ८७ हजार १३१, कुमारी बैंक ९३ लाख २३ हजार ४५५ र शिवम् सिमेन्ट ८१ लाख १६ हजार ५८८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९० प्रतिशतले कमाउँदा जानकी फाइनान्स ५ दशमलव २६, राधी विद्युत् कम्पनी ४ दशमलव ४४, सानिमा इक्विटी फण्ड २ दशमलव ९८, गुडविल फाइनान्स २ दशमलव २१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १ दशमलव ९४ प्रतिशतले कमाए ।

त्यस्तै पाँचथर पावर कम्पनी ८ दशमलव ४९, युनिभर्सल पावर कम्पनी ८ दशमलव २३, सिन्धु विकास बैंक ७ दशमलव ४०, नेशनल लाइफ इन्सुरेन्स ६ दशमलव ८१, र युनियन हाइड्रोपावरका लगानीकर्ताले पाँच प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?