धार्केबजारमा बस दुर्घटना, १८ यात्रु घाइते

बिप्लव जमकटेल
0
Shares
तस्वीर: पत्रकार राजाराम डंगोलको सामाजिक सञ्जाल फेसबुकबाट

काठमाडौं । धादिङको धुनिबेशी नगरपालिका ६ धार्के बजारमा आज बिहान भएको सवारी दुर्घटनामा परी १८ जना यात्रु घाइते भएका छन् ।

काठमाडौबाट महादेववेशीतर्फ ग्यास लैजाँदै गरेको ना १ क २१७४ नम्बर को ट्रक र मुग्लिनबाट काठमाडौतर्फ आउँदै गरेको ना ६ ख १७३७ नम्बर को मकालु बस आपसमा ठोक्‍किँदा १८ जना यात्रु घाइते भएका हुन् ।

तस्वीर: पत्रकार राजाराम डंगोलको सामाजिक सञ्जाल फेसबुकबाट

१८ जना घाइतेको धुनिवेशी धार्केस्थित शिवदर्शन अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

सबै घाइतेको अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?