तीज लगत्तै घट्यो सुनको मुल्य, कति छ आजको भाउ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ७२ हजारमा कारोबार भएकोमा आज बजारमा सुन तोलाको ५ सय र चाँदी तोलामा १५ रुपैयाले घटेको छ ।

स्थानीय बजारमा आइतबार छापावाला सुनको मूल्य ७१ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार २ सय कायम भएको छ । त्यस्तै आइतबार चाँदीको मूल्य ८ सय ८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला ९ सयरुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?