युरो कप छनोट: रोनाल्डोको गोलमा पोर्चुगलको जित, सर्विया स्तब्ध

एजेन्सी । युरो कप छनोट अन्तर्गतको खेलमा पोर्चुगलले सर्वियालाई पराजित गरेको छ ।

शनिबार राति भएको समुह बी को खेलमा पोर्चुगलले सर्वियालाई ४-२ गोलको गोल अन्तरले पराजित गरेको हो ।

युरो कप विजेता पोर्चुगलले छनोट प्रतियोगितामा पहिलो जित निकालेको छ । ४२ औ मिनेटमा विलियम कार्वाल्होले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । गोनकलो गेदेसले ५८ औ मिनेटमा पोर्चुगलको अग्रता दोब्बर पारे ।

६८ औ मिनेटमा सर्वियाका मिलिनकोभिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । ८० औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई ३-१ ले अघि बढाए ।

तस्वीर गूगल

सर्वियाका मित्रोभिकले ८५ औ मिनेटमा गोल गरेका थिए । तर खेल सकिन चार मिनेट बाँकी छदाँ बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए ।

पोर्चुगलले आगामी मंगलबार लुथानियासंग खेल्नेछ । पोर्चुगलले युरो छनोटमा पहिलो जित निकल्न सफल भएको हो । समुह बीको दोस्रो स्थानको पोर्चुगलले तीन खेलबाट ५ अंक जोडेको छ ।

सर्विया भने ४ खेलबाट ४ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?