नादेझ्दा कपः नेपाल र किर्गीस्तान भिड्दै

काठमाडौं । नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले आज (आइतबार) आयोजक किर्गीस्तानसँग खेल्दैछ ।

नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार ३:४५ मा काराकोलस्थित सेन्ट्रल स्टेडियममा सुरु हुनेछ ।

प्रतियोगिताको लागि १८ खेलाडी २३ सदस्यीय नेपाली टिम बिहिबार नै किर्गीस्तान पुगिसकेको छ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

तुलनात्मक रुपमा किर्गीस्तानको महिला टिम नेपाल भन्दा कमजोर मानिएको छ । फिफा वरियतामा किर्गीस्तानको महिला टिम अटाउन सकेको छैन । नेपाल भने १०१ औं स्थानमा रहेको छ ।

पहिलो पटक आयोजना हुन लागेको नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानको सहभागिता रहेको छ ।

दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?