दशैँको टीकाको साइत विहान १० बजेर ३५ मिनेटमा, जान्नुहोस् महत्वपूर्ण साइतहरु

१६ गते बिहिबार पचली भैरवको यात्रा र १८ गते शनिवार फुलपाती

appharu
13
Shares


यसपाली दशैँको टीकाको साइत विहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङ्क निर्णायक समितिले जनाएको छ । समितिको बैठकले दशैंको टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेट निर्धारण गरेको जनाएको छ । पञ्चाङ् निर्णायक समितिको बैठकले घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । जसअनुसार असोज १२ गते आइतबार नवरात्रको प्रारम्भ हुनेछ । घटस्थापनाको साइत १२ गते बिहान १० बजेर ३५ मिनेटमा उत्तम छ ।
१३ गते सोमबार सेनाको झण्डा फेर्ने साइत बिहान १० बजेर २५ मिनेटमा रहेको छ । समितीले पश्चिम मोहडा गरेर झण्डा फेर्न नेपाली सेनालाई आग्रह समेत गरेको छ ।

१६ गते बिहिबार पचली भैरवको यात्रा र १८ गते शनिवार फुलपातीको समय बिहान ८ बजेर ५२ मिनेट तथा सोहि दिन तलेजु भवानीको यात्रा पनि सुरु हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । १९ गते आइतबार महाअष्टमी र कालरात्री सुरु हुनेछ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ । देवी विसर्जनको साइत विहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?