दशैं–तिहार अघि यातायात भाडा नबढ्ने, कहिले खुल्छ अग्रिम टिकट बुकिङ ?

appharu
0
Shares

काठमाडौं – दशैं–तिहार अघि भाडा बढ्ने हो की रु भनेर आम सर्वसाधारणलाई यतिबेला निकै चासो परेको छ । चिन्ता नलिनुहोस् ! दशैतिहारअघि सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ ।

सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दशैंअघि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको छ । यसैबिच दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकार र यातायात व्यवसायीले अन्तिम तयारी गरेका छन् । तर, कहिले र कसरी खुलाउने भन्नेमा अझै अन्योल देखिएको छ । बस व्यवस्थापन कसरी गर्ने भन्ने विषयले अग्रिम टिकट बुकिङ खुलाउने विषय अन्योलमा परेको हो ।व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन गर्न कठिन भएको जनाएका छन् । उनीहरूले भाडा बढाउनुपर्ने विषयलाई पनि घुमाउरो पाराले अघि सारेका थिए । तर दशैतिहार अघि भाडा नबढ्ने भएको छ ।

भाडा नबढेको पाँच वर्ष भइसकेको र यस अवधिमा पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह समेत गरेका थिए । यता दुई पक्षीय छलफलमा सबै तयारी पूरा गरी अब छिट्टैअग्रिम टिकट बुकिङ खुलाउने मिति तय गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?