मदन पुरस्कार विजेता न्यौपानेको ‘गुलाबी उमेर’

appharu
0
Shares

काठमाडौं । लेखक अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ लोकार्पण गरिएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, नायिका केकी अधिकारी र लेखक न्यौपानेले पुस्तक लोकार्पण गरेका हुन् ।
कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीले पुस्तक किशोर मनोविज्ञानमा आधारित रहेर बताउनुभयो । किशोरीहरुको मनोविज्ञान कसरी विकास हुन्छ, बर्षेनिी उनीहरुको व्यवहार कसरी परिवर्तन हुन्छ र उनीहरुले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन् त्यो देखाउने प्रयास पुस्तकले गरेको उहाँको भनाइ छ ।

नायिका केकी अधिकारीले पुस्तक एकदमै फरक लागेको प्रतिक्रिया दिनुभयो । उहाँले बताउनुभयो ‘पुस्तक पढिरहँदा मलाई आफैं किशोरवयमै फर्किएको अनुभूति भयो । मलाई लाग्छ, यो पुस्तकमा प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाहरुले आफ्नो किशोरावस्थाका घटनापरिघटनालाई सम्झन्छन् ।’

कार्यक्रममा लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीहरुले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?