नेपाली भूमिलाई कुनै पनि अवस्थामा चीनविरुद्ध प्रयोग हुन दिदैनौः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल सधैं एक चिन नीतिमा दृढ रहेको बताउनुभएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार आयोजना गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रममा अध्यक्ष दाहालले नेपाली भूमिलाई कुनै पनि अवस्थामा चीनविरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता जनाउनुभयो ।

फरक प्रसंगमा उहाँले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ । अध्यक्ष दाहालले राजनीतिक स्थायीत्व कायम भएसँगैै लगानी मैत्री वातावरण बनेकाले नेपाल लगानीका लागि उपयुक्त थलो भएको बताउनुभयो ।

आफूहरुले चीन सरकार र निजी क्षेत्रले नेपालको आर्थिक विकासमा सहयोग गर्ने अपेक्षा राखेका उल्लेख गर्दै उहाँले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले दुई देशबीच राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनतरका सम्बन्धहरु विस्तार भइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?