नेविसंघको नयाँ नेतृत्वका लागि दौडधूप सुरु

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा नयाँ नेतृत्वका लागि दौडधूप सुरु भएको छ । नेविसंघको तदर्थ समितिको नेतृत्व ३२ वर्षमाथिबाटै चयन गर्ने मोटामोटी सहमति भएपनि नेताहरुको दौडधूप सुरु भएको हो ।

१२औँ महाधिवेशन गराउन नसेकेको भन्दै गत माघ २८ गते नैनसिंह महर नेतृत्वको ११ औँ निर्वाचिथ कार्यसमितिलाई राजीनामा गराउन लगाइएपनि ६ महिना बित्दासमेत नेविसंघले नेतृत्व पाउन सकेको छैन ।

अहिले भने भदौ २४ गते निर्धारित काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि नै नेविसंघ लगायतका भ्रातृ सङ्गठनमा नेतृत्व चयन गर्ने कसरत पार्टीभित्र भइरहेको छ । यसैक्रममा नेविसंघमा पनि दौडधूप सुरु भएको हो ।

गत बुधबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले नेविसंघमा ३२ वर्ष उमेरमाथिको विद्यार्थीलाई ल्याउने सहमति भएको बैठकमा सहभागि एक नेताले जनाए ।

उमेर हदबन्दी विना नै नेविसंघमा नेतृत्व ल्याउने सहमति भएसँगै शुभराम बस्नेत, राजिव ढुंगाना, मनोजमणि आचाय, ऋषिजंग शाह र पुष्पबहादुर शाहको नाम देउवासामू प्रस्तुत गरिएको बुझिएको छ ।

नयाँ नेतृत्वको लागि महत्वकांक्षि नेताहरु शीर्ष नेताहरुलाई आ–आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?