माछा मार्ने क्रममा डुबेर दुई जना युवकको मृत्यु

दाङ । दाङमा माछा मार्ने क्रममा डुबेर दुई जना युवकको मृत्यु भएको छ । सल्यान कपुरकोटगाउँपालिका वडा नम्बर ५ घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा बंगुरपालन व्यावसाय गर्दै आइरहेका २० वर्षीय अर्जुन बढा र २६ वर्षीय मिलन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ८ गोतेखोलामा माछा मार्ने क्रममा डुबेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?