नेपाल टेलिकमले फोरजी सेवा अपग्रेड गर्दै, नियमित सेवा अवरूद्ध हुनसक्ने


प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार १४:०२

काठमाडौँ । नेपाल टेलिकमले फोरजीरएलटिई सेवा अपग्रेड गर्ने भएको छ । शनिबार राती ११ः३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने टेलिकमले जनाएको छ ।

मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ । ‘फोरजीरएलटिई सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११ः३० बजेदेखि सिष्टम अपग्रेड सम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोवाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ,’ टेलिकमले निकालेको सूचनामा भनिएको छ ।

टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको पनि उल्लेख गरेको छ । देशभर नै फोरजीरएलटिई सेवा विस्तार भइराखेको टेलिकमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
साताको शेयर बजार : एक अर्ब ८९ कराडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको

ग्यासको मुल्य २५ रुपैयाँ घट्यो, हवाई इन्धनमा पनि समायोजन

काठमाण्डौं । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ

वोमी माइक्रोफाइनान्सले एक लाख कित्ता भन्दा बढि सेयर लिलाम गर्दै

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो १ लाख कित्ता बढी सेयर

बढ्यो अण्डाको मुल्य, कति पुग्यो ?

काठमाडौं । चितवनका कुखुरापालक किसान, सप्लायर्स तथा बिक्रेताहरुको भेलाले अण्डाको मुल्य बढाएका छन्