दुई दिनअघि हराएकी ६ वर्षीय बालिका मृत फेला


प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार ११:३५

काठमाडौं | भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले मृत घोषणा गरेको हो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस
वृद्धाको हत्या गरी फरार भरत १७ वर्षपछि पक्राउ

काठमाडौं । एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि

ट्रकको डाली छोपेर गाईगोरु ओसार्न प्रतिबन्ध

काठमाडौं । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौँदेखि चलिरहेको गाईगोरुको तस्करी धन्दा रोक्न प्रहरीले

जङ्गली च्याउ खाँदा परिवारै अस्पताल भर्ना

काठमाडौं । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै

बालिका बलात्कार गरी हत्या गर्ने २ जनालाई अदालतले सुनायो यस्तो सजाय

काठमाडौं । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार