चितवनमा डेङ्गु सङ्क्रमितको संख्या ८३५ पुग्यो


प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार १९:४३

चितवन । चितवन जिल्लाका अस्पतालमा साउनयता ८३५ जना डेङ्गुका सङ्क्रमितलाई उपचार गरिएको छ । यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार दुई हजार ४२६ जनाको रगतको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । यो सङ्ख्या हाल सम्मकै उच्च हो ।

कार्यालयले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७/०६८ मा तीन हजार २९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ७३९ जनामा सङ्क्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७०/०७१ मा ३७१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । दुई हजार २६१ जनाको परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेङ्गु देखिएको होे ।

यस्तै आर्थिक वर्ष २०७३/०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेङ्गु फेला परेको थियो । सो आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१/०७२ मा ११९, ०७२/०७३ मा ८५, ०६८/०६९ मा ६८, ०७४/०७५ मा ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

आर्थिक वर्ष २०६९/०७० मा ५२ जनामा डेङ्गु देखिएको थियो भने गत आर्थिक वर्षमा एक हजार ९५१ जनाको डेङ्गु परीक्षणमा ३१ जनामा देखिएको थियो । हरेक तीन/तीन वर्षमा सङ्क्रमण बढेको देखिन्छ । केसीका अनुसार यस वर्ष सङ्ख्या अत्यधिक बढेर गएको छ । जिल्लाका अधिकांश अस्पताल डेङ्गुका बिरामीले भरिएका छन् ।

नवलपुर जिल्ला स्थायी घर भई नारायणगढ बस्ने एक वृद्ध र शुक्रनगर घर भएकी किशोरीको डेङ्गुका कारण मृत्यु भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस
यी ५ काम जीवनमा भुलेर पनि अपुरो नराख्नुस्, ठुलो दुर्घटना निम्त्याउँछ

हरेक मान्छे केहि न केहि काम गरिरहेकै हुन्छन | जीवन बेतित गर्ने शिलशिलामा

असोज ४ देखि १० गतेसम्म यी राशि भएकाहरुको भाग्य चम्किदैछ, हेर्नुहोस्

आज मिति २०७६ साल असोज महिनाको ४ गते, शनिबार | तपाइको लागि यो

यदि उभिएर पानी पिउने बानी छ भने सावधान

  उभिएर पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ । अझ कोही त उभिएर

विहान यी ५ चिज देखियो भने दिन शुभ

हिन्दु धर्ममा धेरै नै मान्यता रहेका छन् । मानिसका हरेक स–साना क्रियाकलापहरु पनि