फर्निचर तथा फर्निसिङ एक्स्पो भदौ २५ बाट, के छ मुख्य आकर्षण ?

appharu
0
Shares

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा यहि भदौ २५ गतेदेखी काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो २०१९ आयोजना हुने भएको छ । पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० स्टल रहने आयोजकले जनाएको छ । एक्स्पो किचेन, वेडरुम, वाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्वल लगायतका सामाग्री प्रर्दशनीको मुख्य आकर्षण बन्ने आयोजकको दाबी छ ।

यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामाग्री, होम डेकोर, अफिस फर्निचर, अफिस अप्लाइन्सेज , मेसिनरी औजारका साथै वस्तुसँग सम्बन्धित उत्पादन एक्स्पोको आकर्षण बन्ने आयोजकको विश्वास रहेको छ ।

बढ्दो आधुनिक जीवनशैली सगैँ इन्टेरियर डिजाइनका लागी एक्स्पो उचित गन्तव्य हुने एक्स्पोका संयोजक मनीष अग्रवालको भनाई छ । उहाँका अनुसार एक्स्पोमा मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनबारे पर्याप्त मात्रामा जानकारी दिइनेछ ।
फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डष्ट्रिज प्रालि, हाइटेक कार्पेट, जेन्स कार्पेट र हलेशी डेकोर रहेका छन् । साथै, एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङघले समर्थन गरेका छन् । साथै एक्स्पोलाइ नेपाल हस्तकला महासङघ र नेपाल इन्टेरियर डिजाइनर एशोसियसनले सहयोग गरेका हुन ।

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका सामाग्रीको उत्पादन तथा प्रबद्र्दन गर्ने उदेश्यले सन् २०१२ देखी नियमित रुपमा एक्स्पो आयोजना गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?