निजी क्षेत्रलाई विश्वासमा लिए मात्रै आर्थिक समृद्धि हुन्छः प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको आर्थिक समृद्धिको यात्रालाई सफल बनाउन सकिने बताउनुभएको छ । शुक्रबारबाट काठमाडौंमा सूरु भएको ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को ४१ औं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकमा आर्थिक रुपान्तरणको यात्रालाई अघि बढाउन सकिने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई विश्वासमा लिन सोही अनुसारको नीति र कानुन निर्माण गरेर अघि बढन सरकारलाई सुझाव दिनुभयो ।

आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने उल्लेख गर्दै अध्यक्ष दाहालले आर्थिक समृद्धिविना मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा रहेको जिकिर गर्नुभयो ।

अर्को प्रसंगमा अध्यक्ष दाहालले पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?