एनसेलबारे सर्वोच्चले गरेका फैसलामाथि संसदीय समितिले अध्ययन गर्ने

काठमाडौं । एनसेल लाभकरका विषयमा सर्वोच्च अदालतले गरेको फैसलामाथि संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले अध्ययन गर्ने भएको छ । शुक्रबार बसेको समितिको बैठकले विवादित उक्त विषयमा गरिएका विभिन्न फैसला अध्ययन गर्ने निर्णय गरेको हो ।

एनसेल लाभकरलाई लिएर पछिल्ला दुई वर्षमा सर्वोच्चले पटकपटक गरेका आदेश, परामादेश, फैसलाहरु समितिले अध्ययन गर्नेछ । २०७४ पुस ३ देखि २०७६ भदौ ९ गतेसम्मका आदेश र फैसलाहरु अध्ययन गर्ने भएको हो ।

अध्ययनअघि भने समितिले विज्ञहरुसँग छलफल गर्ने जनाएको छ ।

गत साता सर्वोच्चले उक्त विषयमा फैसला गर्दै थाहा पाएको मितिदेखि मात्रै जरिवाना तिर्न भनेको थियो । जुन फैसलाको संघीय संसदमा समेत विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?