पार्टी एकताको हलो कहाँ अड्कियो ?

काठमाडौँ, २१ पुस – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रिया लम्बिँदा पार्टी एकताबारे संशय र एकता नचाहने तत्वले खेल्ने अवसर पाएको बुझाइ नेता तथा कार्यकर्ता तहमै देखिएको छ तर एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि उनी र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच औपचारिक भेट हुन नसक्दा यस्तो संशय देखापरेको भनाइ नेतृत्व तहबाट आएको छ अस्वस्थ भएपछि अध्यक्ष ओली राजनीतिक भेटघाट तथा औपचारिक कार्यक्रममा पनि सहभागी भएका छैनन् । चिकित्सकको सल्लाह अनुसार केही दिनको आरामको आवश्यकता देखिएपछि अध्यक्ष ओली चार–पाँच दिनदेखि घरमै आराम गरिरहेका छन् उनीहरूबीच औपचारिक भेटघाट हुन नसके पनि टेलिफोनमा निरन्तर संवाद भइरहेको नेताको दाबी छ । शीर्ष तहमा भइरहेका संवादका बारेमा तल्लो तहका नेता तथा कार्यकर्तासम्म जानकारी पुग्न नसक्दा पार्टी एकता प्रक्रिया लम्बिनुका बारेमा शङ्का उत्पन्न भइरहेको भनाइ माथिल्लो तहका नेताको छ भेट हुन नसक्नुको कारणबारे जिज्ञासा राख्दा अध्यक्ष द्वयका सचिवालयबाट अरू कुनै कारण नभएर अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाको कारण देखाइएको छ । प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा पनि अध्यक्ष ओली अस्वस्थताका कारण उपस्थित भएनन् आइतबारदेखि बुधबारसम्म दुवै अध्यक्षको भेट हुने समाचारले मिडियामा चर्चा पाइरह्यो तर दुवै अध्यक्षबीच भेट हुन सकेन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार निर्वाचन क्षेत्र चितवनतिर लागे अब प्रचण्ड फर्किए लगत्तै दुवै अध्यक्षबीच भेट हुने जानकारी दुवै पार्टीका सचिवालयले दिएको छ । दुवै अध्यक्षबीच पार्टी एकताबारे सहमति र संवाद हुन नसकेपछि पार्टी एकता संयोजन समितिको बैठक पनि बस्न सकेको छैन तर एकता प्रक्रियाको खाका तयार गर्ने काम भने निरन्तर भइरहेको एमाले र माओवादी नेताको जिकिर रहँदैआएको छ पूर्व सभामुख तथा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार पार्टी एकता प्रक्रियामा कुनै समस्या छैन । उनले दुवै नेताबीच दिनको एकपटक टेलिफोन वार्ता भएकै छ । पार्टी एकता र राजनीतिक वस्तुस्थितिबारे अन्तरसंवाद भइरहेकै छ । अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार हुनेबित्तिकै दुवै अध्यक्षबीच भेटवार्ता हुनेछ भने । बिहीबार बिहान पनि दुवै अध्यक्षबीच लामो टेलिफोन संवाद भएको उनले जानकारी दिए । आजको गोरखापत्रले खबर छापेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?