सुनको मूल्य घट्यो, कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने सामान्य गिरावट आएको छ। चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। एक महिनादेखि सुनको भाउमा उतावचढाव भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?