काठमाडौं, २१ पुस- प्रदेश प्रमुख नियुक्ति, प्रदेश अस्थायी मुकाम र राष्ट्रियसभा चुनावको मितिमा प्रमुख पाँच दलबीच छलफल भए पनि सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा थप परामर्शमा क्रियाशील भएका छन्। देउवाले बिहीबार यी विषयमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका थिएबैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए। बैठकमा सहभागी एमालेका नेताहरू सुभास नेम्बाड, भीम रावल, अग्नि खरेल, विष्णु पौडेलले प्रधानमन्त्रीका तीनवटै प्रस्तावमा मौन बस्दै सरकार हस्तान्तरण गर्न दबाब दिएपछि देउवा थप परामर्श गर्ने मनस्थितिमा पुगेको उनीनिकट स्रोतले जानकारी दिएको छसर्वदलीय बैठकबाट ठोस सहमतिको वातावरण नबनेपछि बिहीबार देउवाले फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठसँग बैठकलगत्तै छलफल गरेका थिए। सर्वदलीय बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि अनुपस्थित थिए। यादव काठमाडौंबाहिर रहेकाले बैठकमा सहभागी नभएको पार्टीका नेताले जानकारी दिएका छन्सर्वदलीय बैठकमा सहमति नजुटेपछि प्रदेश प्रमुख नियक्ति, मुकाम तथा राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गरिएको मन्त्रिपरिषद् बैठकसमेत देउवाले स्थगित गरेका थिए। मन्त्रिपरिषद् बैठक आइतबार बस्ने सम्भावना रहेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया