११ आश्विन २०७९, मंगलवार

सुर्खेत पुगेर वैद्यले भने प्रचण्डसँग कहिल्यै एकता हुँदैन

२०७४,भाद्र,२७,मंगलवार ०८:३४

9
Shares

सुर्खेत, २७ भदौ ।नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताएका छन ।पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा वैद्यले दशवर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम नभएकाले पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने र त्यसले आमूल परिवर्तन ल्याउने ठोकुवा गरे ।आगामी असोज २१ गते पार्टीको राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न हुने र उक्त महाधिवेशनले नयाँ रणनीति बनाउने र चुनावमा भाग लिने या नलिनेबारे आगामी सचिवालयको बैठकले निर्णय गर्ने अध्यक्ष वैद्यले जानकारी दिए ।नेपालमा क्रान्तिकारी र अवसरवादी धार रहेको र आफूहरु क्रान्तिकारीसँग मात्रै कार्यगत एकता गरेर जाने बताउँदै उनले देशको रूपान्तरणका लागि नयाँ जनवादी क्रान्तितर्फ जानुको विकल्प नरहेकाले सबै राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार ०८:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१ निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने, आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबै पक्षलाई प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको आग्रह

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । एमालेको जनसंगठन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ । आगामी ४

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा भएका त्रुटिलाई परिमार्जन गर्ने जनाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार

ताजा समाचार

दुर्गममा किन खुलेनन् सुपथ मूल्यका पसल ?
 २०७९,आश्विन,११,मंगलवार २१:३०
आज दिनभरका मुख्य खबरहरू (भिडियाेसहित)
 २०७९,आश्विन,११,मंगलवार २०:४४