खटाएको ठाउँमा २१ दिनभित्र नजाने कर्मचारीको जागिर चैट हुन्छः मन्त्री पण्डित

राजविराज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएका ठाउँमा २१ दिन भित्र नपुग्ने कर्मचारीको जागिर समाप्त हुने बताउनुभएको छ ।

कञ्चनरुप नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न बिहीबार सप्तरी जानुभएका मन्त्री पण्डितले समारोहलाई सम्बोधन गर्दै कर्मचारीलाई कडा चेतावनी दिनुभएको हो ।

सरकारले बुधबार मात्रै कर्मचारीलाई काममा खटाउने सम्बन्धमा नयाँ निर्णय गरेको जानकारी दिँदै उहाँले भन्नुभयो ‘जुन कर्मचारीलाई जहाँ खटाइएको छ त्यहाँ अनिवार्य जानुपर्छ । उनीहरुले तलब र सेवासुविधा पनि त्यहीँबाट पाउने हुन् ।’

सरकारको निर्णय बेवास्ता गर्ने कर्मचारीको तलब, भत्ता र सुविधा समेत रोकिने उनको भनाइ थियो। ‘२१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तिको बाटो सुरु हुने हो,’ उहाँले भन्नुभयो ।

मन्त्री पण्डितले लोकसेवा विज्ञापनको विषयलाई लिएर विगतमा भएको आन्दोलन भ्रम छर्नका लागि मात्रै भएको जिकिर समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?