हिन्दु राज्य नामाकरण गराउने पक्षमा कांग्रेस छैनः उपसभापति निधि

appharu
0
Shares
तस्वीरः गुगल

काठमाडौंं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै उहाँले संविधान निर्माणको नेतृत्वको गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्विकार गरेर अघि बढिरहेको पनि स्मरण गराउनुभयो ।

पार्टीका महामन्त्री डा.शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट पार्नुभएको हो ।
उहाँले नेपाली काँग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले काँग्रेस सोही मान्यतामा अडिग रहेको पनि तर्क गर्नुभयो ।

उपसभापति निधिले राज्यलाई हिन्दु राज्य नामाकरण गराउने मान्यतामा काँग्रेस नरहेको पटक–पटक दाेहाेर्दोयाउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?