दूधको मूल्य बढ्दै

काठमाडौ । सरकारले दूधको मूल्य लिटरमा ६ रुपैयाँले बढाउने तयारी गरेको छ । कृषिमन्त्री चक्रपाणी खनालले दूधको मूल्य लिटरमा ६ रुपैयाँले बढाउन सहमति भएको जानकारी दिनुभएको छ ।

यो सहमतिसँगै दुग्ध विकास बोर्डको बैठक अहिले केहीबेरमा बस्दैछ । बोर्डका एक अधिकारीका अनुसार बोर्ड बैठकको प्रमुख प्रस्तावनै दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढाउने राखिएको छ।विहिबार निर्णय भए शनिबारदेखि बढेको मूल्य कार्यान्वयनमा आउनेछ। यो निर्णय भए दूध लिटरको ७६ रुपैयाँ पुग्नेछ। एक प्याकेट दूधको मूल्य ३८ रुपैयाँ पर्नेछ।

मूल्य नबढ्दा धान्नै नसकिएको भन्दै किसानले हड्तालको घोषणा गरेपछि एक महिना अघि कृषिमन्त्री खनालको संयोजकत्वमा चार दिन अघि राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ र निजी डेरीहरुको संस्थाबीच भएको छलफलमा मूल्य बढाउन सहमति जुटेको थियो । त्यही छलफलमा दूधको मूल्य ६ रुपैयाँसम्म बढाउनुपर्नेमा सबै एकमत भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?