अनुदानको रकम नपाएको भन्दै उखु किसानले गरे राजमार्ग अवरुद्ध

कपिलवस्तु । सरकारबाट पाउने दुई करोड पचास लाख रकम अनुदान नपाएको भन्दै कपिलवस्तुका किसानले राजमार्ग अबरुद्व पारेका छन् । कपिलवस्तु किसान संघको आयोजनामा कपिलवस्तुको चन्द्रौटामा राजमार्ग बन्द गराएका छ्न । सडक ठप्प हुदा सवारी साधन चल्न सकेका छैनन् । ५ बर्ष बितिसक्दा पनि सरकारले उखु प्रबर्द्धन बापतको प्रति क्विन्टल २५ रुपैयाँ अझैसम्म नदिएको बिरोधमाकिसानहरुले चक्काजाम गरेका हुन् ।

उखु किसानले सरकारबाट पाउनु पर्ने अनुदान नपाएको भन्दै राजमार्ग ठप्प गरेका हुन । जिल्लाको चन्द्रौटामा पुर्ब पश्चिम राजमार्ग अबरुद्व हुदा सवारी साधन ठप्प भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?