पुनः थामियो नेप्से

काठमाडौं । धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक आज पुनः थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से ३ दशमलव ७ विन्दुले घटेर एक हजार १९१ दशमलव ०७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव ९६ विन्दुले घटेर २५९ दशमलव ९० विन्दुमा पुगेको छ ।

नेप्से घटेसँगै कारोवार रकमसमेत औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको नौ लाख ५७ हजार ८८१ कित्ता शेयर २९ करोड एक लाख ७७ हजार ३५७ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएको कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । निर्जीवन बीमा ० दशमलव १३ र सामूहिक लगानी कोष ० दशमलव ०३ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ३ दशमलव ०३, होटल ३६ दशमलव ११, विकास बैंक ३ दशमलव ३५, जलविद्युत् ९ दशमलव ४६, वित्त १ दशमलव ९२, उत्पादन ७ दशमलव ३६, अन्य ० दशमलव ३५, लघुवित्त ३ दशमलव ३७ र जीवन बीमा १८ दशमलव ०७ विन्दुले घटेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको एक करोड ५१ लाख ९३ हजार ७४५ बराबरको कारोवार भयो ।

सिटिजन बैंक एक करोड ४४ लाख १५ लाख ८३७, एनआइसी एशिया एक करोड ३० लाख ३७ हजार, नागरिक लगानी कोष एक करोड दुई लाख ७३ हजार, प्रभु बैंक ८६ लाख ८२ हजार ५८७ र शिखर इन्स्योरेन्स कम्पनीको ८३ लाख ४० हजार ८८८ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ८७ प्रतिशतले कमाउँदा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ९७, एनआइसी एशिया ग्रोथ फण्ड ३ दशमलव ७९, दिव्येश्वरी हाइड्रोपावर ३ दशमलव ३९, छ्याङदी हाइड्रोपावर २ दशमलव ६० र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २ दशमलव ४८ प्रतिशतले कमाए ।

यस्तै अरुण काबेली पावर ६ दशमलव ९१, कर्णाली डेभलपमेन्ट बैंक ४ दशमलव ५४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३ दशमलव ८०, ङादी पावर ३ दशमलव ७० र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ६ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?