डोरियन आँधीबाट २० को मृत्यु

एजेन्सी । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ ।

समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिनु भएको थियो ।

द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् ।फ्लोरिडामा १२१ वटा अस्थायी शिविरमा नौ हजार ५०० भन्दा बढी मानिसले शरण लिएका छन् ।

यस आँधीबाट लाखौ मानिस प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?