पहिरोले च्यापेर बालकको मृत्यु


प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार १६:३४

रोल्पा । पहिराले पुरेर एक बालकको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका– १ फूलिवनमा आएको पहिरामा परी सोही ठाउँका पृथबहादुर घर्तीको १४ वर्षीय छोरा शुकबहादुर घर्तीको मृत्यु भएको हो । हिजो बुधबार बिहान तीजको नाच हेरेर घर फर्कंदै गरेका घर्तीलाई एक्कासि आएको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

सिरक्याङ भिर नजिकैको खोलामा आएको सो पहिरोले घर्तीलाई पुरेको थियो । सो स्थानमा अझै पनि पहिरो आइरहेकाले थप दुर्घटना हुनसक्ने आशङ्काले स्थानीयवासी त्रस्त छन् ।

प्रहरीका अनुसार मृतक घर्तीको शव परीक्षणका लागि रोल्पा अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
जङ्गली च्याउ खाँदा परिवारै अस्पताल भर्ना

काठमाडौं । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै

बालिका बलात्कार गरी हत्या गर्ने २ जनालाई अदालतले सुनायो यस्तो सजाय

काठमाडौं । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार

असोजभित्र बोलपत्र नभएका परियोजनाको रकम फिर्ता लिइन्छ : मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको

काठमाडौंको कपनमा हात, मुख बाँधेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । काठमाडौंको कपनमा महिलाको शव फेला परेको छ। सोही स्थानमा डेरा गरि