पटका कारखानामा विस्फोट: २२ को मृत्यु, २० जना घाइते


प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार १६:३४

एजेन्सी । भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

विस्फोटको बेला कारखानामै रहेका अन्य २० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटका कारखानामा बुधबार विस्फोट भएको थियो ।

पञ्जाबको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको थियो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाएका थिए ।

भारत सरकारले यस घटनामा मारिएका प्रति व्यक्तिलाई २ लाख भारु क्षतिपूर्ति स्वरुप दिने भएको छ । सो घटनामा घाइते भएका व्यक्तिहरुलाई ५० हजार भारु क्षतिपूर्ति दिइने समाचारमा जनाइएको छ ।

सोही कारखानामा गत वर्ष पनि विस्फोट भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वाशिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्नुभएको छ ।

भारतमा ई–सिगरेट प्रतिबन्धित

काठमाडौं । भारतको केन्द्रीय मन्त्रिपरिषद् बैठकले ई–सिगरेटमा प्रतिबन्ध लगाएको छ । भारत सरकारले

तालिबानको विस्फोटमा परी ४८ को मृत्यु

एजेन्सी । अफगानिस्तानमा मङ्गलबार भएको दुई वटा विस्फोटमा परी कम्तीमा ४८ जनाको मृत्यु

अमेरिकासँग वार्ताका लागि तालिबान खुला

काठमाडौं । अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग “वार्ताको ढोका” अझै