१८ चैत्र २०७९, शनिवार

कांग्रेस शिर्ष नेतृत्व मधेशमा,आठै जिल्लामा देउवा, पौडेल र कोईरालाले संयुक्त संवोधन गर्ने

२०७४,भाद्र,२७,मंगलवार ०५:३१

9
Shares

ललितपुर, २७ भदौ ।नेपाली कांग्रेशको शिर्ष नेतृत्व मधेश केन्द्रित भएको छ । प्रदेश नं. २को आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरि कांग्रेस नेताहरु मधेश झरेका हुन ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले आज भदौ २७ गतेदेखि स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नं २ का आठ वटै जिल्लाका चुनावी सभाहरुलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन ।नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा आज २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भाद्र ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल भने निर्वाचन परिचालनका लागि सोमबार नै बीपी राजमार्ग हुँदै लहान पुगीसकेका छन ।कार्यक्रम अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालाले आज दिउसो १ बजे सप्तरीको राजविराजमा हुने आमसभालाई संबोधन गर्नेछन । सप्तरीको संबोधन एवम् पार्टी कार्यकर्तासंगको भेटघाट पछि नेताहरु सिरहा प्रस्थानगर्ने कार्यक्रम छ ।सिराहा जिल्ला कार्यसमितिले आज सिरहाको जिरोमाइलमा विशाल चुनावी सभा आयोजना गर्दैछ । पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सो आमसभालाई पनि संयुक्त रुपमा संबोधन गर्ने कार्यक्रम छ । अपरान्ह ४ बजे सो आमसभालाई सम्बोधन गरेर पार्टी कार्यकर्ताहरु संग भेटघाटपछि पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा सहित काग्रेसका शीर्ष नेताहरु जनकपुर प्रस्थान गर्नेछन । आज राती पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा सहित शीर्ष नेताहरुको मुकाम जनकपुरमा नै रहनेछ ।शीर्ष नेताहरुले बुधबार बिहान धनुषा र महोत्तरीका पार्टी नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्नुे ।कांग्रेसका सभापति, वरिष्ठ नेता र महामन्त्री सहित केन्द्रीय नेताहरुले भोली २८ गते बुधबार महोत्तरीको सदरमुकाम जलेश्वरमा हुने चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम छ । महोत्तरी कांग्रेसले जलेश्वरमा बिहान ९ बजे चुनावी सभाको आयोजना गरेको छ ।नेताहरुले दिउसो १ बजे जनकपुरधाममाआयोजनाहुने चुनावी सभालाई सम्बोधन गर्ने छन ।जनकपुरको संबोधन पछि कांग्रेसको शीर्ष नेताहरुको टोली महोत्तरीको बर्दिवास प्रस्थान गर्ने छ । बर्दिवासमा अपरान्ह ४ बजे चुनावी सभा राखिएको छ । शीर्ष नेताहरुले बर्दिबासको चुनावी सभालाई संबोधन गर्नेछन ।भदौ २९ गते बिहिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सर्लाही र रौतहटका चुनावीकार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।उनीहरुले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्नेछन र अपरान्ह ४ बजे रौतहटको गौरमा हुने आमसभालाई संबोधनगर्ने कार्यक्रम रहेको छ । रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि नेपाली कांग्रेसको शीर्ष नेतृत्व वीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम छ ।भदौ ३० गते बिहान पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले बारा र पर्साका कार्यकर्ताहरुसंग भेटघाट गर्नेछन ।नेताहरुले दिउसो १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई संबोधन गर्नेछन ।कलैयाको संबोधन पछि नेपाली कांग्रेसका शीर्ष नेताहरुले सोही दिन पर्साको बीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्नेछन ।नेपाली कांग्रेसका जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि र चुनावी प्रयोजनका लागि जिल्ला जिल्लामा स्थापित मिडिया सेन्टरका प्रतिनिधिहरुले पठाएको समाचार अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाको आगमन तथा संबोधनले नेपाली कांग्रेसको पक्षमा चुनावी लहर ल्याउनमा निकै सहयोग गर्ने कांग्रेसले विश्वास लिएको छ । 

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार ०५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीको समस्या समाधान गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन जरुरी रहेको आवश्यकता

काठमाडौं । मधेश प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश

काठमाडौं । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

ताजा समाचार

पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८