काठमाडौँ । नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदमा नाम निकालिदिने भन्दै घुस लिएको आरोपमा दोषी ठहर भएका तत्कालीन सभासद् डोल बहादुर (डीबी) कार्की पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।
प्रहरी निरीक्षकमा जागिर लगाई दिने भन्दै घुस लिएको आरोपमा पक्राउ परेका स्वामी ब्रम्हानन्द उदासीनले कार्कीको नाम पोलेका थिए । घुस लिएको चार लाख ५ हजार रुपैयाँमध्ये एक लाख रुपैयाँ कार्कीलाई दिएको उनले बयानका क्रममा बताएका थिए ।
विशेष अदालतले कार्की र उदासीनविरुद्ध जनहीँ चार–चार महिना कैद र समान एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
संविधानसभा तथा व्यवस्थापिका संसदको सभासद पदमा आसिन व्यक्ति भएकोले कार्कीको सजायमा दुई महिना थप भएको हो । उनिहरुविरुद्ध २०६७ सालमा विषेष अदालतमा मुद्धा दायर भएको थियो । सर्वोच्च अदालतले विषेशको फैसला सदर गरेको हो ।
फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएका कार्कीलाई कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजारमा पठाईएको सीआईबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया