नेपाल टेलिकमको ‘मिस्ड कल अलर्ट’ सुविधा के हो, कसरी सुचारु गर्ने ? हेर्नुस्

काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत फोन आएको बारेमा जानकारी लिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

‘मिस्ड कल अलर्ट’ सुविधामार्फत मोबाइल बन्द हुँदा या नेटवर्क नलाग्दा पनि फोन गर्ने सबैको जानकारी आउने टेलिकमले जनाएको छ ।

टेलिकमले यो सेवा पोष्टपेड तथा प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र ब्याट्री सकिएर बन्द भएको अवस्थामा समेत कसैको फोन आएमा, एसएमएसमार्फत जानकारी पाउन सकिन्छ ।

यो सेवा लिन *१४००# डायल गरेर दिएका विकल्प अनुसार sub mca लेखेर १४०० मा एसएमएस पठाउनुपर्ने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार यो सेवा लिन महिनाको ६ रुपैयाँ तिरे पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?