डलरको भाउ बढदा नेपाली अर्थतन्त्रमा यस्तो असर, यसकारण बढ्यो सुनको भाउ

काठमाडौं । अमेरिकी डलरको भाउमा आएको परिबर्तनले विश्व अर्थतन्त्रमा ठुलो असर पार्ने गरेको छ । त्यस्तै नेपाली अर्थतन्त्रमा पनि ठुलो असर गर्दछ । डलर मात्र नभएर अन्य बिदेशी मुद्राको भाउमा आएको उतारचढाबका कारण नेपाली अर्थतन्त्र प्रभाबित हुने गरेको छ ।

बितेको एक महिनामा मात्रै डलरको भाउ ५ रुपैँयाले महँगो भएको छ । अमेरिकी अर्थतन्त्रमा आएको मजबुतीका कारण डलर भाउ बृद्दी भएको विज्ञहरु बताउँछन । नेपालमा मङ्गलबार एक अमेरिकी डलरको खरिदमुल्य ११३ रुपैँया ९५ पैसा रहेको थियो भने बिक्रिमुल्य ११४ रुपैँया ५५ पैसा कायम भएको थियो । तर बुधबार उक्त दर बढेर खरिदमुल्य ११५ रुपैँया ५५ पैसा र बिक्रीदर ११६ रुपैँया १५ पैसा निर्धारण भएको छ ।
आर्थिक उदारिकरण, आयात निर्यात तथा विश्वब्यापिकरण लगायतको कारण डलर भाउमा उतारचढाब आउँछ । अमेरिकी डलरको भाउ बढदा नेपाली रुपैँया स्वत कमजोर हुने र त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने अर्थबिद्हरु बताउछन । यसैगरी डलरको भाउ बढदै जाने हो भने नेपालीहरु महङ्गीको ठुलो मारमा पर्नसक्ने अर्थबिदहरुको चिन्ता रहेको छ ।
बिदेशी मुद्राको मुल्य बृद्दी हुँदा धेरै नकारात्मक प्रभाब परेतापनि केही कुरामा सकारात्मक प्रभाब रहेको छ । नेपाली अर्थतन्त्रको एक मुख्य भाग बिप्रेशण हो । रोजगारीको सिलसिलामा धेरै नेपालीहरु बैदेशिक रोजगारीमा रहेका छन । तिनैले पठाएको पैसाबाट उनिहरुको घरपरिवार आफन्त एबम अर्थतन्त्र चलिरहेको छ । यसरी बिदेशबाट पैसा पठाँउदा जति डलरको मुल्य उतिनै हामीलाई फाइदा पुग्ने गर्दछ ।
त्यस्तै डलरको भाउ बृद्दी हुँदा हामीलाइ फाईदा पुग्ने अर्को क्षेत्र पर्यटन हो । डलर मात्र नभएर अन्य बिदेशी मुद्राको भाउ बृदद्धी हुँदा पर्यटन मार्फत अर्थतन्त्रलाई फाईदा पुग्दछ । बिदेशीहरुले नेपालमा आएर खर्च गर्दा आफ्नो देशको भन्दा धेरै हुने भएकाले उनिहरु खर्च गर्नको लागी प्रोत्साहन मिल्दछ । यसरी खर्च गरिएको रकम हाम्रो अर्थतन्त्रको मुख्य स्रोत बन्न पुग्दछ ।

बिदेशी मुद्राको क्रयशक्ति बृद्धी हुँदा नेपालले आफ्नो निर्यात ब्यापार बढाउन नसक्नु नेपालको लागी दुर्भाग्य हो । यदि नेपालले यस्तो अबस्थामा निर्यात बढाउने हो भने बिदेशी मुद्राको क्रयशक्ति बढि हुने हुनाले उनिहरुले खपत बढि गर्ने देखिन्छ । नेपाली मुद्रा कमजोर हँदा पनि यदि हामीले निर्यात प्रर्बद्दन गर्न सकेमा नेपालको अर्थतन्त्रमा भने सकारात्मकता भने देखिन्छ । तर डलरको भाउ बृद्दी हुँदा नेपालले निर्यात ब्यापार बढाउन नसकेमा भबिष्यमा ठुलो घाटा पर्ने देखिन्छ ।

अमेरिकी डलर र सुनको मुल्यबिच उल्टो सम्बन्ध रहेको हुन्छ । तर पछिल्लो समय डलरको भाउ बढेतापनि सुनको मुल्यमा भने गिरावट आएको छैन । यसमा विश्वका ठुला शक्ति राष्ट्रहरुबिच हुने टकराब नै मुख्य कारण देखिन्छ । अमेरीकाले इराकमा हमला गर्नसक्ने आशंकाका साथै अमेरिका र चिनबिचको ब्यापारिक टकराबका कारण पनि सुनको मुल्यमा बृद्दी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?