सरकारका कारण संघीय लोकतान्त्रिक व्यवस्था नै खतरामाः सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई खवरदारी गर्न आह्वान गर्नुभएको छ । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक २ दिने राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति देउवाले विद्यमान व्यवस्थामा जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियानलाई साकार पार्न सरकारलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारका हरेक गतिविधि जनभावना तथा संविधान विपरीत भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै जनतामा निराशा बढेर बढ्दै गएको दाबी गर्नुभयो ।

फरक प्रसंगमा सभापति देउवाले दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने र समान समस्या भएका विश्वका अन्य मुलुकका संसदसँग हातेमालो गरी विभेदविरुद्ध साझा लडाई लडनुपर्नेमा पनि जोड दिनुभयो ।

जनभावना विपरीत हुने गरी सरकारले ल्याएको राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, राष्ट्रिय सुरक्षा विधेयक समावेशीकरण विरुद्ध पनि भएकाले कांग्रेसले मान्य नहुने अडान लिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?