गगन अयडी कैलाली पुस २० । कैलालीमा तोरी खेतीमा किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् पाक्ने अवस्थामा पुगेको तोरीमा कालो र हरियो रङका किराको प्रकोप देखिएपछि उत्पादन घट्ने होकि भन्ने विषयले किसानहरु चिन्तित बनेका हुन् तोरी उत्पादनका लागि उचित माटो र सम्भावना रहको जिल्लामा चिसो बढेपछि संक्रमण झन् बढेको छ कालो र हरियो रंगका किराले तोरी पाक्ने बेला नै पात, डा“ठ र कोसा खाएर नष्ट गर्न थालेपछि किसानहरु किरा नियन्त्रणका लागि कृषि प्राविधिक कहा“ धाउन थालेका छन् १५ बठ्ठा जमिनमा तोरी खेती गरेकी गोदावरी नगरपालिकाकी सरस्वती चौधरीले किराले तोरी सखाप हुन लागेको भन्दै चिन्ता व्यक्त गरिन् कैलालीमा किराको प्रकोप फूलबारी, बेनौली, गौरीगंगा, पवेरा लगायत अन्य क्षेत्रमा देखिएको छ किराको प्रकोप देखिएपछि यस वर्ष तोरी उत्पादन घट्ने चिन्ता बढेको गौरीगंगा नगरपालिकाकी मिनादेबी कठरीयाको दुखेको छ उनी किरा नियन्त्रणका लागि कृषि प्राविधिकको सल्लाह लिइरहेकी छिन् जिल्ला कृषि विकास कार्यालय कैलालीले किराको प्रकोप खास गरेर फूलबारी क्षेत्रमा अलि बढी देखिएको जनाएको छ । कालो र हरियो रङ्को यो किरा पुतलीको लार्भा हो तोरी पाक्ने बेलामा यस्तोे किराले ठूलै प्रकोपको रुप लिन सक्ने भएकाले किसानले अलि बढी ध्यान दिन आवश्यक रहेको वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए लार्भा अवस्थामा रहेका यस्ता किरा निकै खञ्चुवा रहने गरेकाले यसले पाक्ने बेलाको तोरीको पात, डा“ठ, कोसालाई नै खाएर नष्ट गरिदिन्छ किराको प्रकोप ज्यादै नै भएमा किसानले कृषि प्राविधिकहरुको सल्लाह अनुसार ‘इपिडा–क्लोरापिठ’ वा ‘साइप्रो–म्याथरीम’ नामक विषादी छर्नुपर्ने वरिष्ठ कृषि विकास अधिकृत जोशीलेको सुझाव छ कैलाली तोरी उत्पादनको लागि राम्रो सम्भावना भएको जिल्ला हो जिल्लामा यस वर्ष २० हजार ९ सय ५० हेक्टर जमिनमा तोरी खेती गरिएकोे छ जिल्लाका जोशीपुर, पहलमानपु्र, फलवारी, भजनी, प्रतापुर, मुनुवा, थापापुर, सा“डेपानीलगायतका ठाउ“मा तोरी खेती बढी गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया