कृषि मन्त्री खनाललाई नै डेंगु संक्रमण भएपछि…

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेङ्गु संक्रमण भएपछि ग्राण्डी अस्पताल भर्ना गरिएको छ । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि मन्त्री खनाल स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नुभएको थियो । जाँचका क्रममा डेङ्गु संक्रमण भएको पुष्टि भएपछि थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिनुभयो ।

मन्त्री खनालको अवस्था अहिले सुधारोन्मुख अवस्थामा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?