यस्तो छ आजको सुन-चाँदीको बजारभाउ

काठमाडौं । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला १ सयले घटेको छ ।

नेपाली बजारमा छापावाला सुनको मूल्य आज ७३ हजार ४ सय कायम भएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ७३ हजार ५०० मा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार १ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । बुधबार तेजाबी सुन ७३ हजार २ सयमा कारोवार भएको थियो । सुनको मूल्य सामान्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला ९ सय ४० मा कारोबार भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?