राजपाको यस्तो हर्कतलाई के भन्ने ?

काठमाडौ,  पुस २० । क्लस्टर मिलाएर नाम बुझाउन भन्दै निर्वाचन आयोगले काटेको पत्रलाई अस्विकार गर्दै राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभा समानुपातिक सदस्यको पुरानै नामावली बुझाउने प्रयास गरेको छ आज सांझ राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको नेतृत्वमा गएका नेताहको टोलीले आयोगमा नामावली बुझाउन खोजेपनि त्यसलाई अस्विकार गरिएको छ आयोगले बुझ्न नमानेपछि सो नामावली त्यतिकै छाडेर हिडेको आयोग स्रोतले जनाएको छ आयोगले यसबारे भोलि निर्णय गर्ने बुझिएको छ आयोगको भोलिको निर्णय राजपाको विरुद्ध भएमा क्लस्टर नमिलेको जति सिट खाली हुनेछ । स्रोतका अनुसार राजपाले नियमविपरित ५ जनालाई समेटेर आयोगमा नाम बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?